add

अब काठमाडौं–दिल्ली सातामा १० उडान हुने, अन्य कुन देशमा कति ? (तालिकासहित)






ActPro Nepal

|

२५ भदौ, २०७८

|
738

काठमाडौं । अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिका अनुसार १० उडान हुने भएको हो ।

नयाँ तालिका अनुसार नेपाल एयरलाइन्स र भारतीय ध्वजाबाहक एयर इण्डियाले सातामा १० उडान गर्ने भएका हुन् । जसमा नेपाल एयरलाइन्सले दैनिक एक उडान र एयर इण्डियाले साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तालिका अनुसार एयर अरेबियाले यूएईबाट काठमाडौंका लागि दैनिक ३ उडान गर्ने अनुमति पाएको छ । एयर अरेबियाले सारजहा विमानस्थलबाट दैनिक दुई र आबुधाबीबाट हरेक दिन काठमाडौंका लागि एक गरी तीन उडान गर्नेछ । यस्तै, फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट काठमाडौंका लागि सातामा १० उडान हुने छन् ।

हिमालय एयरलाइन्सले काठमाडौंबाट मलेसियाको क्वालालाम्पुर विमानस्थलमा सोमबार बाहेक साताको ६ उडान गर्नेछ । यस्तै, हिमालयनले दुबई विमानस्थलमा शुक्रबार बाहेक साताको ६ उडान र कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा सातामा ७ उडान गर्ने प्राधिकरणको तालिका छ ।

यस्तै, जजिरा एयरवेज कुवेतबाट दैनिक एक, कोरियन एयरले दक्षिण कोरियाबाट हरेक बुधबार, मलेसिया एयरलाइन्सले हरेक शनिबार, मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुक्रबार र शनिबार) काठमाडौंका लागि उडान गर्नेछ ।

यस्तो छ सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका



 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.