add

४४ औँ प्रधानसेनापति शर्माको शपथ ग्रहण आज






ActPro Nepal

|

२४ भदौ, २०७८

|
1160

काठमाडौं । नेपालको ४४ औं प्रधानसेनापतिमा नियुक्त प्रभुराम शर्माले आज पद तथा गोपनीयताको सपथ लिँदै छन्। 

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले  शीलतनिवासमा विहान ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए। 

झन्डै एक लाख सैनिकको प्रमुख भएर तीन वर्ष संस्था हाँक्ने छन्।  उनी २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् । उनले पूर्व प्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाएका छन् । शर्मालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले भाद्र ११ गते प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन्। 

शर्माका सामु कोभिड–१९ को कारण अवरुद्ध सैनिक कूटनीति र तालिमहरूलाई पनि निरन्तरता दिनुपर्ने चुनौती छन्।

त्यस्तै खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थमा थप सहुलियत दिन नेपाल आयल निगमलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.