काठमाडौं। सरकारले दशैंतिहार लक्षित सहुलियत पसल १ असोजदेखि २४ कात्तिकसम्म सञ्चालन गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार बैठक बसी पसल सञ्चालनको निर्णय गरेको जनाएको छ।
दशै, तिहार र छठ लक्षित गरी सञ्चालन गरिने सहुलियत पसल देशका ३९ ठाउँमा सञ्चालन गरिने छ। जसमा प्रतिकेजी चामलमा ५ रुपैयाँ र प्रतिकेजी सिमी फापरमा १० रुपैयाँ छुटमा बिक्री गरिने छ।
त्यस्तै देशका विभिन्न ठाउँमा प्रतिकेजी नूनमा २ रूपैयाँ, प्रतिकेजी चिनीमा ५ रूपैयाँ, खसीबोकामा प्रतिकेजी १० रूपैयाँका साथै दुग्ध विकास संस्थानका उत्पादन दूध, पनिर लगायतमा पनि तोकिए बमोजिम छुट दिइने छ।
त्यस्तै खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थमा थप सहुलियत दिन नेपाल आयल निगमलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले जानकारी दिए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।