काठमाडौं । चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले ६ वटा प्रदेशमा प्रादेशिक कार्यालय बनाउन जग्गा किन्ने भएको छ । बैंकले वाग्मती प्रदेश बाहेक अरु सबै प्रदेशमा आफ्नै घर बनाउनका लागि जग्गा किन्न लागेको हो ।
बैंकले प्रदेश १ को विराटनगर र इटहरी, प्रदेश २ को वीरगञ्ज, जनकपुर, बर्दीबास र लाहान, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र भैरहवा, कर्णालीको विरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी र अत्तरीया बजारमा जग्गा किन्न लागेको हो ।
जग्गाको क्षेत्रफल कम्तीमा २ कठ्ठा र मुख ३० हात भएको हुनु पर्नेछ । यस्तै, जग्गा राजमार्गले छोएको वा मूल बजार वा बजारको आन्तरिक स्थानमा भए कम्तीमा २० फुटे बाटोले छोएको हुनुपर्नेछ ।
उक्त मापदण्डको जग्गा बेच्न इच्छुक जग्गाधनीले असोज ५ गते भित्र आवेदन दिनुपर्ने छ । जग्गाधनीले जग्गाको क्षेत्रफल र मूल्यसमेत पेश गर्नु पर्ने बैंकले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।