add

रिलायबल लाइफ पाँचौं वर्षमा, ३६ लाख भन्दा बढी बीमालेख जारी






ActPro Nepal

|

१५ भदौ, २०७८

|
1456

काठमाडौं  । रिलायबल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले केन्द्रिय कार्यालय ज्ञानेश्वर  नेपाल रेडक्रस सोसाईटिको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरि चौंथो वार्षिक उत्सव मनाएको हो ।

‘जीवन बीमा जरुरी छ’ भन्ने मूल नाराका साथ स्थापना भएको इन्स्योरेन्सले स्थापनाको छोटो समयमा नेपाली बीमा बजारमा ३६ लाख भन्दा बढी बीमालेखहरु जारी गरेको दाबी गरेको छ ।

कम्पनीले आफूले यसरी छुट्टै पहिचान राख्न सफल भएको दाबी गरेको छ ।

चौंथो वार्षिक उत्सवको अवसरमा काठमाडौंको जोरपाटी स्थित नयाँ जीवन नेपालमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई खाद्य्य सामाग्री वितरण गरेको छ ।

साथै धनगढी, महेन्द्रनगर, अत्तरिया, बाग्लुङ, दुलेगौंडा, पोखरा, काठमाडौ लगायतका स्थानमा खाद्य सामाग्रीहरु वितरण गरिएको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले सप्तरीको प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिर सरसफाई तथा तनहुँको आँबु खैरेनीमा सरसफाई सामाग्रीहरु वितरण गरेको छ भने सुर्खेत तथा दैलेखमा निःशुल्क मास्क वितरण गरेको जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.