add

नेप्से ४९ अंकले घट्दा साढे १५ करोडको कारोबार






ActPro Nepal

|

१३ भदौ, २०७८

|
1156

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक ४९.१८ अंकले घटेर ३०४४.८७ अंकमा झरेको छ । यो गत बिहीबारको तुलनामा १.५९ प्रतिशत कम हो ।

बिहीबार फाइनान्स बाहेक अन्य सबै समुहको सूचक घट्यो ।

आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर १ लाख ५७ हजार ६९० पटक किनबेच हुँदा १५ अर्ब ४८ करोड ३६ लाखका कारोबार भयो ।

बिहीबार दुईवटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावर रहेका छन् । दुवैको शेयर मूल्य १० प्रतिशत घट्यो ।

आज रुरु हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । नेगेटिभ सर्किट लागेको रुरु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गर्यो । कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.