काठमाडौं । शोधनान्तर स्थिति ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७७/७८) को वार्षिक प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ घाटामा रहेको हो । अघिल्लो वर्ष चालु खाता रु.३३ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई रु.१५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ५१ करोड कायम भएको छ ।
अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१९ अर्ब ४८ करोड रहेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा शोधनान्तर स्थिति रु.१ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८२ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।