add

राष्ट्रिय फुटबल टीमको बन्द प्रशिक्षणबाट तीन खेलाडी बाहिरिए






ActPro Nepal

|

९ भदौ, २०७८

|
1284

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बिदा भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जनाएको हो ।

टिमबाट बाहिरिने अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ ।

अब बन्द प्रशिक्षणमा २५ खेलाडी मात्र छनोटमा रहेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ  ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.