add

महिला लिग फुटबलः उप-मेयर कप कात्तिक पहिलो सातादेखि






ActPro Nepal

|

४ भदौ, २०७८

|
1364

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उप-मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता कात्तिकको पहिलो सातादेखि सञ्चालन हुने जनाएको छ। एन्फाले बिहीबार एक सूचना जारी गर्दै उप-मेयर कप कात्तिक ४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो। 

एन्फाले प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक नगरपालिकालाई भाद्र २५ गतेभित्र टिम दर्ता गर्न आग्रह गरेको छ। संघको वेवसाइटमा प्राप्त हुने फारम भरेर नगरपालिकाले महिला फुटबल टिम दर्ता गर्न सकिने एन्फाले जनाएको छ।

स्थानीय तहबाट खेलाडी उत्पादन र खेल स्पर्धा विस्तार गर्न एन्फाले नगरपालिकासँग सहकार्य गर्दै उप-मेयरको नाममा राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ। पछिल्लो संस्करणको प्रतियोगिताको उपाधि चन्द्रपुरले जितेको थियो। प्रतियोगिताका शीर्ष टिमले राष्ट्रिय महिला लिगमा समेत सहभागीता जनाउने अवसर प्राप्त गर्नेछन्।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.