add

तपाईंले मेरो शेयरको पासवर्ड बिर्सनुभयो? यसरी गर्नुस् आफैँ रिसेट






ActPro Nepal

|

४ भदौ, २०७८

|
1028

काठमाडौं । शुक्रबारदेखि केन्द्रीय निक्षेप प्रणाली(सिडीएससी)ले मेरो शेयरको वेबसाइटमा पासवर्ड परिवर्तन गर्ने नयाँ फिचर थप गरेको छ।

सीडीएससीले मेरो शेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो।

फिचर थप गरेसँगै सर्वसाधारणले अब आफैं पासवर्ड परिवर्तन गर्न सक्ने छन्। कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्।

उक्त फिचरमा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्ने छ।

यस अघि भने पासवर्ड बिर्सिएमा सर्वसाधारणले निक्षेप सदस्य पासवर्ड परिवर्तन गर्न अनुरोध गर्नुपर्ने स्थिति रहेको थियो ।अब भने लगानीकर्ता यो झन्झटबाट मुक्त भएका छन् ।

कसरी गर्ने पासवर्ड परिवर्तन ?

यदि, कसैले मेरो सेयरको पासवर्ड बिर्सिएमा सबैभन्दा पहिले मेरोसेयरको स्क्रीनमा देखिने फरगेट पासवर्डमा क्लिक गर्नुपर्छ ।

उक्त फिचरमा क्लिक गरेपछि लगानीकर्ताले आफ्नो निक्षेप सदस्य (डिम्याट खाता खोलेको संस्था)नाम, आफ्नो युजर नेम, इमेल र जन्म मिति इन्ट्री गरी सेन्ड गुर्नपर्नेछ ।

त्यसपछि सिस्टमले पासवर्ड परिवर्तन भएको जानकारी र परिवर्तन भएको पासवर्ड इमेलमा पठाउँछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सीडीएससीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.