add

बेलकोटगढी नगरपालिका-५ मा पहिरोले पुरिएर एकजनाको मृत्यु






ActPro Nepal

|

३ भदौ, २०७८

|
2080

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा विहीबार बिहान एकजनाको निधन भएको छ।

घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.