add

शेयर बजारमा उछाल, नेप्से ३८ अंकले बढ्दा ६ कम्पनीको शेयरमूल्यमा सर्किट






ActPro Nepal

|

२ भदौ, २०७८

|
869

काठमाडौं  । साताको चौंथो कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भएको हो । यो अहिलेसम्मकै उच्च अंक हो ।

आज राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । बुधबार इन्डेक्स ४.८३ अंकले बढेर ५९८.११ अकमा पुगेको छ।

बुधबार समुहिक लगानी कोष र ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सामुहिक लगानी कोषको सूचक १.३९ प्रतिशत घट्यो भने ट्रेडिङको सूचक ०.४० प्रतिशत घट्यो ।

आज सबैभन्दा धेरै सूचक विकास बैंको बढ्यो । विकास बैंकको सूचक ५.५५ प्रतिशत बढ्यो । त्यस्तै, फाइनान्स समुहको ४.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको ३.५५ प्रतिशत बढ्यो ।

मंगलबारको तुलनामा आजक कारोबार रकममा पनि वृद्धि भएको । बुधबार २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ३१ करोड रुपैयाँको कारोबार भयो ।

आज ६ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये, जीवन विकास लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली हाइड्रो र शिवम् सिमेन्टको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै, आँखुखोला जलविद्युतको ९.९८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९.९६ प्रतिशत बढ्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार नेशनल हाइड्रोपावर कम्पनीले गर्यो । कम्पनीले ७८ करोड ८७ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.