add

यी हुन् माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु






ActPro Nepal

|

३१ साउन, २०७८

|
652

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । 

शुक्रबारबाट सुरु बैठक शनिबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा प्रस्तुत राजनीतिक र विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित भएर सकिएको नेता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

बैठकमा पेश भएको अध्यक्षको प्रतिवेदनमा खासगरी आजको राजनीतिक कार्यभार र पार्टीको सांगठनिक अवस्थाबारे निर्दिष्ट गरेका नेता श्रेष्ठले जानकारी दिए । ‘खासगरी प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने, राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन आवश्यक छ’, नेता श्रेष्ठले बैठकको निष्कर्ष सुनाउँदै भने । 

बैठकले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकको समापन अघि समूहगत छलफल गरेर आएको सुझाबलाई समेटेर विभिन्न प्रतिवेदनहरू पारित भएका थिए । समापन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विचार र क्रान्तिकारी रुपान्तरण गर्न सहयोग पुर्याउन संश्लेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।   


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.