add

विपद‍्बाट वैशाख यता १ सय ६३ जनाको मृत्यु, १७८५ परिवार प्रभावित






ActPro Nepal

|

३१ साउन, २०७८

|
884

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाखदेखि साउन ३० गतेसम्म  प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।

वैशाखदेखि साउन ३० गतेसम्म विपद्जन्य घटनामा परेर १ सय ६३ जनाले ज्यान गुमाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। ३७०जना घाइते भएका छन् भने ३७ जना बेपत्ता भएका छन् ।

बढी मात्रामा खसेको पहिरो र सक्रिय मनुसनका कारण दर्जनौं मानिसले ज्यान मात्र गुमाएका छैनन्, भौतिक क्षति पनि उत्तिकै भएको छ। देशभर ८७ करोड ६ लाख ६ हजार ९४२ रुपैयाँ बराबरको क्षति भएको छ । १७८५ परिवार प्रभावित भएका छन् ।

यस अवधिमा वैशाख १ गतेदेखि साउन ३० गतेसम्मको तथ्याङ्क अनुसार पहिरोमा ३६ बाढीमा २९ र डुबानमा परेर ८ जनाको ज्यान गएको छ ।

यस्तै, चट्याङ्गबाट ४२ जना, आगलागीबाट १३, डढेलोबाट ३ जना, सर्पदशंबाट १२ र हावाहुरीका कारण ३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ ।

यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् । नेपालमा जेठमा मनसुन भित्रिएको थियो । मनसुन भित्रिएकै भोलिपल्ट सिन्धुपाल्चोकका बाढीले अकल्पनीय क्षति गरेको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.