add

शेयर बजारमा गिरावट,२१ अर्ब ६४ करोडको कारोबार






ActPro Nepal

|

३१ साउन, २०७८

|
516

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार राताम्मै भएको छ । आइतबार नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.०३ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ०.७८ प्रतिशत कम हो ।

आइतबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १.९० अंकले घटेर ५८९.२८ अंकमा झरेको छ ।

आज उत्पादन तथा प्रशोधन, लघुवित्त र इन्भेष्टमेन्ट बाहेक अन्य सबै समुह घट्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक २.३५ प्रतिशत बढ्यो । त्यस्तै, लघुवित्त समुहको २ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । आज जलविद्युतको सूचक ४.१३ प्रतिशत घट्यो । त्यस्तै, फाइनान्सको २.८९ प्रतिशत घट्यो ।

आइतबार कारोबार रकममा पनि वुद्धि भएको छ । आज २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार भयो । यो अहिलेसम्मकै उच्च कारोबार हो । यसअघि जेठ ३० गते १९ अर्ब ५५ करोडको कारोबार भएको थियो ।

आज चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमध्ये जीवन विकास लघुवित्त, यूनियन लाएफ इन्स्योरेन्स र खानीखोल जलविद्युतको शेयर मूल्य १० प्रतिशत बढ्यो भने आइसीएफसी फाइनान्सको ९.५६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनआइबीएल प्रगती फण्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ८.५९ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल बैंकले गर्यो । बैंकले १ अर्ब ५ करोडको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.