add

मौद्रिक नीति: यस्ता छन् लघुवित्तका लागि गरिएका ६ व्यवस्था






ActPro Nepal

|

३१ साउन, २०७८

|
540

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाका लागि आधा दर्जन नयाँ व्यवस्था गरिएको छ ।लघुवित्त कम्पनीलाई मर्जरमा प्रोत्साहन गर्ने, व्यपार विस्तारमा सहज बनाउने लगायत व्यवस्था गरिएको छ ।

अब घ वर्गका लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्न पाउने भएका छन् । राष्ट्र बैंकले लघुवित्तहरुले प्राथमिक पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको हो ।यसअघि वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीले मात्र ऋणपत्र जारी गर्न पाउने व्यवस्था थियो ।

यस्तै, मौद्रिक नीतिमा थोक कर्जा कारोबार गर्ने र खुद्रा कारोबार गर्ने लघुवित्त एक आपसमा मर्ज भएमा खुद्रा कारोबार गर्ने लघुवित्तको रूपमा स्वीकृत दिने व्यवस्था गरिएको छ ।

यसैगरी, वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभिनु पर्नेछ ।

यस्तै, बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने सहकारी संस्था बाहेकका अन्य विषयगत सहकारी संस्थाका समूह सदस्य मार्फत सामूहिक खेती तथा पशु/पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य ५ लाख रुपैयाँ ननाघ्ने गरी त्यस्ता सहकारी संस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइने छ ।

यसैगरी, राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम वित्तीय विवरण प्रकाशन गर्नु पर्ने व्यवस्था गरिएको छ ।

यस्तै, लघुवित्त वित्तीय संस्थाहरुले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिको रुपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने राष्ट्र बैंकले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.