add

७५ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत






ActPro Nepal

|

३१ साउन, २०७८

|
555

काठमाडौं । अंग्रेजको शासनबाट स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा छिमेकी मुलुक भारतमा अमृत महोत्सव मनाइरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी बिहानै राजघाट पुगेर महात्मा गान्धीको समाधिमा फूल चढाएर उनको समाधिको परिक्रमा गरेका छन् ।

प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीट गर्दै स्वतन्त्रता दिवसको बधाई दिए । उनले स्वतन्त्रताको अमृत महोत्सवले यो वर्ष देशवासीमा नयाँ ऊर्जा र नवचेतनाको सञ्चार होस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री मोदी आजै लाल किल्लामा आयोजना हुने मुख्य समारोहमा सहभागी हुनेछन् । भारतको झण्डा फहराएपछि देशको नाममा सम्बोधन गर्नेछन् ।

ओलम्पिक पदक विजेता खेलाडीहरु पनि आज लाल किल्लामा उपस्थित हुनेछन् । आज पहिलोपटक एयरफोर्सको हेलिकप्टरले फूल पनि बर्साउने बताइएको छ ।    




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.