add

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् एजेन्डा






ActPro Nepal

|

३१ साउन, २०७८

|
592

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको पूर्ण बैठक आज पनि बस्ने भएको छ। शनिबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्ने भएको हो। 

शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रस्ताव समूहगत छलफलका लागि पेस गरिएको थियो। विभिन्न ८ वटा समूहमा केन्द्रीय सदस्यहरूलाई छलफलका लागि विभाजन गरिएको थियो। 

आजको बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने छ। शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमा पुष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ। बैठकले उक्त प्रस्ताव पारित गर्ने देखिएको छ। 

त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ। यसमा पनि केन्द्रीय सदस्यले सुझाव पेश गर्ने छन्। यसैबीच केन्द्रीय कमिटी बैठक अघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि बस्दै छ। 

बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा स्थायी कमिटी बैठक बस्न लागेको हो। उक्त बैठक मुख्यत आजको केन्द्रीय कमिटी बैठककै सन्दर्भमा केन्द्रित हुने बताइएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.