add

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त






ActPro Nepal

|

२८ साउन, २०७८

|
1251

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले २४ घन्टाभित्र मुख्यमन्त्रीमा दाबी गर्न दलहरुलाई आह्वान गरेका थिए । उक्त समयसीमाभित्रै बिहीबार बिहान विपक्षी दलहरुले माओवादीका केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् ।

विपक्षी दलहरुले १९ साउनमा प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गर्दा नै केसीलाई भावी मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । आफ्नै सरकारभित्र अल्पमतमा रहेका निवर्तमान मुख्यमन्त्रीले बुधबार पदबाट राजीनामा दिएर नयाँ मुख्यमन्त्री चयनका लागि मार्गप्रशस्त गरेका थिए ।

निर्वाचन आउन बाँकी १६ महिनामा माओवादी र नेपाली कांग्रेसले आठ, आठ महिना सरकारको नेतृत्व गर्न दलहरुबीच भद्र सहमति बनेको छ । नवनियुक्त मुख्यमन्त्री केसीलाई आज नै पद तथा गोपनियताको शपथ गराइने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.