add

नेपाल बंगलादेश बैंकको खुद नाफामा छलाङ, निष्क्रिय कर्जा घट्यो






ActPro Nepal

|

२४ साउन, २०७८

|
777

काठमाडौं । नेपाल बंगलादेश बैंकले खुद नाफामा छलाङ मारेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब २ अर्ब २९ करोड २५ लाख ९३ हजार खुद मुनाफा कमाएको छ ।

बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ८४ दशमलव १७ प्रतिशतले नाफा बढेको हो ।

अघिल्लो वर्ष यस अवधिसम्म बैंकको नाफा रू. १ अर्ब २४ करोड ४८ लाख ४६ हजार थियो । सञ्चालन नाफा बढेकाले पनि बैंकको खुद नाफा बढ्नमा सहयोग मिलेको हो ।

यो अघिल्लो आव २०७६र७७ को तुलनामा ८४.१७ प्रतिशत अर्थात १ अर्ब ५ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब २४ करोड ४८ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी घटे पनि संचालन, गैरसंचानन नाफा बढ्दा र इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा खुद नाफा उल्लेख्य बढेको हो ।

९ अर्ब ४८ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ७६ करोड, रिटेन अर्निङमा १ अर्ब ५९ करोड र सेयर प्रिमियममा १ लाख रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ छ।

असार मसान्तसम्ममा बैंकले ८७ अर्ब १२ करोड निक्षेप संकलन गरी ६८ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३१.१५ प्रतिशत र कर्जा लगानी विस्तार १५.८६ प्रतिशतले सुधार भएको हो। त्यसबाट बैंकले २ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १०.८१ रुपैयाँले बढेर २६.४६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७०.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१३ गुणा, १.५५ प्रतिशत, सीसीडी अनुपात ६७.३७ प्रतिशत, आधारदर ७.४१ प्रतिशत र स्प्रेडदर ३.५५ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.