add

वैदेशिक रोजगारीमा कोरोनाको असर, विदेश जाने ५५ प्रतिशतले घटे






ActPro Nepal

|

२४ साउन, २०७८

|
706

काठमाडौं । गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ। 

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७/७८ मा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ। 

विभागका अनुसार आव २०७७/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो। यो क्रमले गत आवमा पनि निरन्तरता पाएको हो।

विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईका अनुसार मुख्यतः कोरोना महामारीका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वर्षेनी घट्न थालेको हो।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या आव २०७६र७७ मा ३ लाख ६८ हजार ४३३ जना थियो। 

आव २०७५/७६ ५ लाख ८ हजार ८ सय २८ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए। श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा १ लाख ६६ हजार ६९८ जना मात्रै वैदेशिक रोजगारीमा गएका हुन्। गत आवमा ७२ हजार ८१ जना कामदार नयाँ श्रमस्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका विभागले जनाएको छ।

नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको विभागको तथ्यांकले देखाएको छ। नेपालबाट सबैभन्दा बढी कामदार कतारमा गएका छन्। गत आवमा कतारमा मात्रै ५४ हजार ९ सय १५ जना कामदार रोजगारीको लागि गएका छन्। 

त्यसैगरी नेपालबाट रोजगारीको लागि धेरै मानिस जाने दोस्रो देश साउदी अरब हो। गत आवमा साउदीमा ४६ हजार ९ सय ६० जना नेपाली कामदार गएका छन्। यसैगरी गत वर्ष यूएईमा ४० हजार ४ सय ७७ कामदार गएको विभागले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.