add

दोहोरो अंकले घट्यो नेप्से,परिसुचक ३११० अंक पुग्दा १४ अर्ब ३१ करोडको कारोबार






ActPro Nepal

|

२१ साउन, २०७८

|
908

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से १२.६४ अकले घटेको ३११०.८१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १४अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६४ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ समूह मध्ये २ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ११ वटाको परिसूचक घटेको छ । विकास बैंक समूह २.२४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल फाइनान्स लिमिटेड, कणाली डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स रहेका छन् । जसमध्ये तीन कम्पनीको शेयरमूलयमा १० प्रतिशतले बृद्धि भएको छ भने अन्य एक कम्पनीको ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

आज अपी माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपी पावर ५८ करोड र अरुण भ्याली हाइड्रोपावर ४९ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.