काठमाडौं । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ ।
नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।
नेप्सले ३१०० विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । साताको कारोबारको तेस्रोदिन मंगलबार नेप्से २६.०२ अकले बढेर ३१११ विन्दुमा पुगेको हो । यसअघि नेप्से साउन १३ गते सबैभन्दा धेरै ३०९४ विन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२३ कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ५२ करोडको कारोबार भयो ।
आज जीवन विकास लघुवित्त सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेमा पाँचथर पावर कम्पनी, रुरु हाइड्रो, जीवन विकास लघुवित्त, घलेम्दी हाइड्र, यूनियन लाइफ इन्स्योरेन्स, लिवर्टी इनर्जी र स्वाभिमान लघुवित्त रहेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा यूनिलिभर कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.७९ प्रतिशत घट्यो ।
मंगलबार सबैभन्दा धेरै कारोबार अपी पावर कम्पनीले गर्यो । कम्पनीले ४६ करोड ८२ लाखको कारोबार गर्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।