add

इजरायलबाट एक हजार कामदारको माग: क-कसले पाउँछन् जान ? (विज्ञापनसहित)






ActPro Nepal

|

१२ साउन, २०७८

|
1735

काठमाडौं । इजरायलले एक हजार नेपाली श्रमिक माग गरेको छ । इजरायलले माग गरे बमोजिम वैदेशिक रोजगार विभागले एक हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको हो ।

सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । जस अनुरुपनै कामदार मागेको हो । जसमा २१ दिन भित्र आवेदन दिन सकिने विभागले प्रकाशन गरेको विज्ञापनमा उल्लेख गरेको छ ।

इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने उल्लेख छ ।

साथै अंग्रेजी भाषाको ज्ञान भएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको र असल चरित्र भएको हुनुपर्नेछ ।                                                                           


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.