काठमाडौं । नेपालबाट निर्यात हुने वस्तु तथा सामाग्रीहरुको सूचीमा पछिल्ला वर्षहरुमा कफी तथा चियाको मात्रा बढिरहेको छ ।
भन्सार विभागको गत आर्थिक वर्षको वैदेशिक व्यापारको बार्षिक तथ्यांक अनुसार गएको १ वर्षमा ११ अर्ब ७६ करोड ७८ लाख रुपैयाँ बराबरको चियारकफी निर्यात भएको हो ।
यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा ४ अर्ब बढी हो । आर्थिक वर्ष २०७६र७७ मा ७ अर्ब ५२ करोड २६ लाख रुपैयाँ बराबरको चिया तथा कफी निर्यात भएको थियो ।
आयात घट्यो
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चियारकफीको आयातमा पनि कमी आएको छ ।
आर्थिक वर्ष २०७६र७७ सम्ममा कुल ११ अर्ब ५७ करोड रुपैयाँ बराबरको चिया तथा कफी आयात भएकोमा गत आर्थिक वर्षमा भने ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै चिया तथा कफी आयात भएको छ ।
नेपालबाट कफी अस्ट्रेलिया, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, इटली लगायतका यूरोपेली मुलुकहरुमा निर्यात हुने गरेको छ । त्यस्तै कतार, जापान, कोरिया, अमेरिका, सिंगापुर, थाईल्याण्ड जस्ता मुलुकहरुमा जाने गरेको छ ।
नेपालको चियाको बजार हेर्दा बेल्जियम, फ्रान्स लगायतका केहि यूरोपेली मुलुकहरु छन भने चेक रिपब्लिक, कोरिया, जापान, क्यानाडा, अमेरिका, रसिया, चीन, सिंगापुर, कतार, यूएई जस्ता देश अरुमा निर्यात हुने गरेको छ ।
कफी तथा चिया आयात हुने मुलुकहरुमा भने चीन, भारत, थाईल्याण्ड, बेलायत, ब्राजील, मलेशिया, श्रीलंका, कोरिया, चेक रिपब्लिक, यूएई, जस्ता मुलुकहरु रहेका छन् ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।