add

वैदेशिक रोजगारीले दिएको पिडा- मलेसियाबाट एकैदिन ल्याइयो २३ नेपालीको शव






ActPro Nepal

|

१० साउन, २०७८

|
1023

काठमाडौ । वैदेशिक रोजगारीका लागी मलेसिया पुगेका २४ जना नेपालीको शव श्निबार नेपाल ल्याइएको छ ।

मलेसियामा विभिन्न समयमा मृत्यु भएका २४ जना नेपालीको शव र तीन अस्तु श्निबार बिहान नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो ।

मलेसियाको क्वालालाम्पुरबाट वाइडबडी जहाजबाट ती शव नेपाल ल्याइएको हो । त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्यको दृष्य विल्कुल फरक थियो ।

परिवारमा खुसी ल्याउछु भन्ने वाचा गर्दै गएकाहरु बन्द बकासमा मृत फर्किएका थिए भने तिनको आफन्तहरु शोकाकुल थिए । शबको प्रतिक्षामा रहेका आफन्तहरु प्लाष्टिकले छोपिएका शवको बाकस देख्ने बित्तिकै बाकसमै अंगालो हालेर भक्कानो छाडिरहेका थिए ।


कसैका आमा त कसैका श्रीमती त्यही बाक्कसलाई ग्वाम्लाङ अंगालो हालेर रुँदै थिए । धन कमाउने असीमित आशा बोकेर उडेका उनीहरूलाई आफ्नालाई निराश बनाउने अस्तुमा सीमित भएका थिए।

विदेशबाट फर्किने बासकहरूमा शव मात्र हैन, अधुरा र अपूरा सपना पनि फर्किन्छन् । ‘कर्मको फल मीठो हुन्छ’ भनेर विदेशिएकालाई ‘भाग्य’ले ‘मृत्यु’को बिल्ला भिराएर फर्काउँछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.