काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् ।
नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि न्युज एजेन्सीसँगको अन्तर्वार्तामा उनले सरकार अनि राज्य प्रणालीको सुरुवात नै नागरिकको जीवनरक्षाका लागि भएको र शासन व्यवस्थाभित्रको नागरिकको जीवनरक्षा नै आफ्नो पहिलो दायित्व भएको बताए ।
जुनकुनै कारणले होस् कुनै पनि नागरिकले अकालमा मृत्युवरण गर्नुहुँदैन भन्ने नै मूल मर्मका साथ काम गर्ने उनले स्पष्ट पारे । उनले भने, ‘गृह मन्त्रालयका थुप्रै कार्यक्षेत्रहरू छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।’
उनले राजनीतिक विचारधाराबाट परिचालित नभई काम, कर्तव्य, भूमिका र योगदानको आधारमा सुरक्षा निकायलाई प्रोत्साहित तथा उत्साहित गरी मनोबल बढाउने भूमिकामा आफू रहने स्पष्ट पारे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।