काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई माफी दिने बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड। जे सुकै भएको होस् एम्नेष्टि। आउनुस् मिलेर काम गरौं।’
सबै मिलेर आन्दोलनलाई एकीकृत बनाउन सकिने भएकाले एकता गर्नुपर्ने अध्यक्ष ओलीले बताए। ओलीले एमाले पार्टी कर्कलाको पातमाथि रहेको पानीजस्तो हावाले हल्लाएर खस्ने अवस्थामा नरहेको बताएका छन्।
विपक्षी गठबन्धनसँग मिलेको आरोप लगाउँदै एमालेले नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।