add

सडक दुर्घटना न्युनीकरण गर्न छाडा चौपायामा ट्राफिक प्रहरीले टाँस्यो स्टिकर






ActPro Nepal

|

५ साउन, २०७८

|
1388

काठमाडौं । सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले चौपायामा टल्कने स्टीकर लगाउने अभियान सुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्राफिक प्रहरी प्रभाग बल्खुले छाडा चौपायामा रातको समयमा टल्कने स्टिकर टाँसेको हो ।

अन्य स्थानको तुलनामा बल्खुमा छाडा छोडिएका चौपायाको संख्या धेरै भएकाले बल्खुलाई पहिलो प्राथमिकतामा राखिएको प्रभागका प्रहरी नायव निरिक्षक (सई)  मिलन कुमार सिंहले बताए । 

रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको सिंहले जानकारी दिए । उक्त अभियान उपत्यकाभरि नै चलाइने सिंहले बताए ।

यस्तै ट्राफिक प्रहरीले कोभिड–१९ बाट बँच्न सडक प्रयोगकर्तालाई मास्क लगाउन सचेतना अभियानलाई पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको महाशाखाले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.