काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयर बजार सामान्य अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ अंकमा झरेको हो ।
मंगलबार २ सय १९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाखको कारोबार भयो ।
बजार घट्दा पनि मंगलबार चार कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा लक्ष्मी उन्नती कोष, लक्ष्मी इक्युटी फण्ड, वरुण हाइड्रोवार र माउण्टेन हाइड्रो नेपाल रहेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा आइसीएफसी फाइनान्स लिमिटेडका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ६.१७ प्रतिशत घट्यो । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको ४.७८ प्रतिशत घट्यो ।
मंगलबार सबैभन्दा धेरै कारोबार अरुण काबेली पावरले गर्यो । अरुण काबेली पावरले ३८ करोड ७८ लाखको कारोबार गर्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।