add

दोहोरो अंकले बढ्यो शेयर बजार,परिसुचक २९९४ अंक पुग्दा ११ अर्ब ८१ करोडको कारोबार






ActPro Nepal

|

४ साउन, २०७८

|
533

काठमाडौं । साताको दोस्रोदिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १३.८० अंकले बढेर २९९४.४२ अंकमा पुगेको हो ।

सोमबार राम्रो र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । आज इन्डेक्स ०.०२ अंकले घटेर ५६०.९४ अंकमा झर्यो ।

आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३१ लाखको कारोबार भयो ।

सोमबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा साइनर्जि पावर डेभलपर्स र विशाल बजार कम्पनी रहेका छन् । साइनर्जि पावर डेभलपर्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, विशाल बजार कम्पनीको ९.२० प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डेबिन्यूटका शेयर धनीले गुमाए । नेपाल इन्भेष्टमेन्ट डेबिन्यूटको शेयर मूल्य ५.८७ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकले गर्यो । बैंकले सोमबार ३५ करोड ४१ लाखको कारोबार गर्यो । त्यस्तै, नबिल बैंकले ३३ करोड १८ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.