add

देउवालाई विश्वासको मत नदिने नेपाल समूहको निर्णय, तटस्थ बस्ने






ActPro Nepal

|

३ साउन, २०७८

|
1737

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय १५ सांसदले  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।

एमाले विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा रहेका नेपाल पक्षीय सदस्यहरुसहित १५  सांसदले विश्वासको मतका क्रममा तटस्थ बस्ने निर्णय लिएका हुन्। 

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा केही बेरअघिसम्म भएको छलफलपछि एमाले स्थायी कमिटीका ४ सदस्यहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई तटस्थ बस्ने भएका हुन्। 

त्यसैगरी सांसदहरु दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपड रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डेसहितले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले मत दिने निर्णय गरेपछि नेपाल पक्षका सांसदहरु मत नदिने निर्णयमा पुगेका हुन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.