काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान आधा गिलास भए पनि आफूहरु बचाउन लागि परेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।
‘संविधान पूर्ण छैन, संविधान पानी आधा भरिएको गिलास जस्तै छ हामीले भन्दै आएका छौं । तर भस्मासुर प्रवृत्तिले यो संविधानका आधारभूत तत्वमा नै प्रहार गर्न खोज्यो । आधा भरिएको गिलास पनि घोप्ट्याउन खोज्यो,’ उनले भने ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।