add

शेयर बजारमा उछाल,परिसुचक २९८१ अंक पुग्दा ११ अर्ब ६३ करोडको कारोबार






ActPro Nepal

|

३ साउन, २०७८

|
896

काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उछाल देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेर २९८०.६१ अंकमा पुगेको छ ।

आइतबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोडको कारोबार भयो ।

आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा सिंगटी हाइड्रोपावर, सिन्धु विकास बैंक, समृद्धि फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर कम्पनी रहेका छन् । यी पाँचै कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा एनआइबीएल समृद्धि फन्डका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.३७ प्रतिशत घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार मञ्जुश्री फाइनान्सले गर्यो । फाइनान्सले ४० करोड ९९ लाखको कारोबार गर्यो । त्यस्तै नबिल बैंकले ३८ करोड ६१ लाखको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.