काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (आइतबार)नै विश्वासको मत लिने भएका छन्।
प्रतिनिधि सभा पुनर्स्थापनापछि गठन भएको नयाँ सरकारले आज विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको छ ।
आजै बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने सचिवालयले जनाएको छ।
सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
विश्वासको मत लिन आवश्यक पर्ने १३६ मध्ये देउवालाई ८ मत पुग्दैन । देउवालाई प्रधानमन्त्री दाबी गर्दा साथ दिएका एमालेका २६ सांसदले देउवालाई विश्वासको मत दिने सम्भावना छ ।
सर्वोच्चको परमादेशपछि गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।