add

शेयर कारोबारमा नयाँ व्यवस्था लागु, के-के हुदै छ परिवर्तन ?






ActPro Nepal

|

३ साउन, २०७८

|
1231

काठमाडौं  । नेपाल स्टक एक्स्चेञ्जले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै शेयर कारोबारमा नयाँ नियमको व्यवस्था गरेको छ ।

नेप्सेका अनुसार आजदेखि तीन वटा नयाँ नियम कार्यान्वयनमा आउन लागेको हो ।

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रि-ओपनिङं) को मूल्य सीमा र धितोपत्रको कारोवारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गर्न निर्देशन दिएसँगै नेप्सेले धितोपत्र कारोबार संचालन नियमावली र मुल विनियमावलीको विनियम १३ मा संसोधन गरी उक्त व्यवस्था कार्यान्यनमा ल्याउन लागिएको नेप्सेले जनाएको छ ।

संशोधित व्यवस्था अनुरुप दोस्रोे बजारको प्रारम्भिक कारोवार सत्र अर्थात प्रिओपनिङ शेसनमा मूल्य परिवर्तन सीमा २ प्रतिशत कायम गरिएकोे छ । यस अघि यस्तो सीमा ५ प्रतिशत रहेको थियो ।

यसैगरी दोस्रो बजारमा धितोपत्रको कारोबार हुने न्यूनतम मूल्य परिवर्तन सीमालाई संशोधन गरिएको छ । हाल उक्त मूल्य परिवर्तन सिमा १ रुपैयाँ रहेकोमा सोलाई घटाई १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्ट गर्न सकिने व्यवस्था गरेको नेप्सेले जनाएको छ ।

प्रिओपनिङ शेसन मार्फत कम्पनीहरुको मूल्यमा अस्वाभिक घटबढ गराएर लगानीकर्तालाई प्यानिक बनाउने कोशिस गरिएको भन्ने आवाजहरु उठेपछि बोर्डले नयाँ व्यवस्था गर्न निर्देशन दिएको थियो । 

यो शेसनमा १० कित्ता शेयरको किनबेचबाट कम्पनीहरुकोमूल्य पाँच प्रतिशतसम्म घटबढ हुने गरेको थियो । यसका आधारमा नियमित कारोबार शेसनमा कारोबार हुने गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.