add

किन हुन्छन् महिला ट्राफिक प्रहरी अन्य ट्राफिक भन्दा अब्बल ?






ActPro Nepal

|

३ साउन, २०७८

|
3884

शारदा घिमिरे

काठमाडौं ।  नागरिकको व्यस्त दैनिकी व्यवस्थापन ट्राफिक प्रहरीले निर्वाह गर्छ । कुनै समय काठमाडौ उपत्यकाको थापाथलीमा सवारी आगमनका तथा ट्राफिक व्यवस्थापन निकै फितलो थियो सर्वसाधारण लामो समय खेप्नुपर्ने जामले दिक्क थिए ।

केही समययता थापाथली त्रिपुरेश्वर चोकमा महिला प्रहरीको कमाण्ड रहनेगरी महिला प्रहरी खटाईएपछि ट्राफिक व्यवस्थापन निकै सुधारका साथै सर्वसाधारणले सहज महसुस गरेका  छन् । 

महिला ट्राफिक प्रहरी मात्रै कार्यरत थापाथली प्रभाग,जसले घरायसी काम धन्दासँगै, आफ्नो शारीरिक अस्वस्थताका बाबजुद पनि सडक र सवारी साधनलाई चुस्त दुरुस्त राख्न अहोरात्र खटिएका छन् जुन सायदै शब्दमा कैद गर्न सकिन्छ।

घरमा छोरीको,बुहारीको र आमाको भुमिका निभाएर एउटा सक्षम अनि असल राष्टसेवकको भुमिका निर्वाह गरिरहेका यी ट्राफिक प्रहरीहरु वास्तवमै सँगठनको आधार स्तम्भ हो भन्दा पनि फरक नपर्ला कि ?

ट्राफिक नियम उल्लङ्घन प्रति कडा रुपमा प्रस्तुत हुँदै आएका छन् जसले गर्दा उक्त क्षेत्रमा ट्राफिक नियम उल्लंघन गर्ने सचेत हुन्छ्न । पैदल यात्रु तथा सर्वसाधारण प्रति नम्र व्यवहार गरी ट्राफिक र सर्वसाधारणबीच निकै राम्रो सम्बन्ध स्थापित गर्न सफल छ्न ।

कामप्रती  निरन्तर र कार्यकुशलता ले गर्दा कुनै समय अस्तब्यस्त थापाथली चोक निकौ  सुधार देख्न सकिन्छ ।

एक जना चालक भन्छन् -'थापाथली ट्राफिक निकै कडा छन् यस क्षेत्रमा सवारी चलाउँदा निकै चनाखो भएर चलाउँछु सिसिटिभि क्यामेरा छल्न सजिलो होला तर थापाथलीमा  ट्राफिक छल्न निकै कठिन छ ।' 

सर्वसाधारण भन्छन्-' महिला ट्राफिक भएर होला अन्य ट्राफिक भन्दा निकै संयमित र नम्र व्यवहार पाउका छौं । 

प्रहरी निरीक्षक प्रसिद्धिका कडेंल

महानगरीय  ट्राफिक प्रहरी प्रभाग थापाथलीका प्रहरी निरीक्षक प्रसिद्धिका कडेंल  भन्छिन् । 'घरबाट सवारी साधन चढेपछि गन्तव्यसम्म नपुग्दा ब्रेक हान्न नपरोस् भन्ने मानसिकता सडक प्रयोगकर्तामा हावी छ । सवारी साधन अवरोधबिना सञ्चालन होस् भन्ने सडक प्रयोगकर्ताहरूको चाहना छ । 

तर ट्राफिक नियम पालना प्रती सचेत छैनौ। जहाँ पायो तेही बाट चालक युटर्न गर्छन्  जसले गर्दा १/२  मिनेट सडक अवरुद्ध हुँदा लामो जाम लाग्छ उक्त समस्या समाधान गर्न कोन र डोरी को सहायताले यु-र्टन  र युर्टनले हुने दुर्घटना तथा जाम अन्य वर्षको तुलनामा धेरै कम भएको छ ।


आफु सक्षम भएर सडकमा निस्किएमा पनि कहिलेकाहीं दुर्घटनाको सिकार बन्नु पर्छ तथापि मभन्दा पनि हामी सबै जसले सवारी साधन चलाईरहेका छौं हामी सबै सक्षम हुनुपर्छ भन्ने कुरा आत्मसात गरी सडक प्रयोग गर्यौं भने धेरै हद सम्म सडक र सवारी सुरक्षित बनाउन सक्छौं  ।' 

प्रहरी निरीक्षक प्रसिद्धिका भन्छिन्  -'हामी ट्राफिकका लागि मात्र ट्राफिक नियम पालना नभए नगर्ने सोचहरू धेरै छन्। किनभने ट्राफिकले कारबाही गर्छ भनेर मात्र ट्राफिक नियम पालना गर्दैमा केही हुँदैन।'

मानिसको मनमा डरले होइन भित्रै मनबाटै म यो काम गर्न सक्छु, यो काम गर्नु हुन्न भन्ने भएमात्र चेतनाको सुरूवात हुन्छ ।

भनिन्छ केही कुराको परिवर्तन गर्नुछ भने सुरूवात आफैंबाट गर्नुपर्छ। यस्तै मुलुकमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनुमा सबैभन्दा पहिले आफू सुरक्षित हुँदै उक्त नियम पालना गर्नुपर्छ वायु प्रदूषणको दृष्टिकोणले विश्व स्वास्थ्य संगठनको सर्वेक्षणमा काठमाडौं उपत्यका बढी प्रदूषति छ ।

यस्तो अवस्थामा एक स्वस्थ व्यक्ति चार घन्टाभन्दा बढी बाहिर बस्न हुँदैन । तर ट्राफिक प्रहरीहरू यस अवस्थामा पनि प्राप्त स्रोत साधन र जनशक्तिको उच्चतम प्रयोग गर्दै सडक सफा राख्ने कार्यमा श्रम खर्चिरहेकै छन् । प्राविधिक प्रदूषणले थिचिएका जीर्ण सवारी साधनहरूले अहिले काठमाडौं उपत्यकाको सुन्दरतालाई  बिगारेको छ । 


ट्राफिक आइल्यान्डमा उभिएर सवारी व्यवस्थापन गरिरहेका ट्राफिकहरू यी साधनलाई घचेटेर सडकछेउ लगाउँदासम्म तीन/चार किलोमिटर सवारी लाम लागिसक्छन् । यो लाम सामान्य अवस्थामा ल्याउन कम्तीमा दुई घन्टा ट्राफिक प्रहरीले कडा परिश्रम खर्चिनुपर्छ । 

ट्राफिक व्यवस्थापन गर्न जति ट्राफिकको को भुमिका हुन्छ सर्वसाधारण पनि उत्तिकै भूमिका हुन्छ सर्वसाधारणले ट्राफिक  नियमको पालना गरे ट्राफिक जाम हदैसम्म सुधार हुने प्रमुखको भनाइ छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.