add

साताको शेयर बजार : ३७ अर्बको कारोबार






ActPro Nepal

|

२ साउन, २०७८

|
889

काठमाडौं । धितोपत्र बजारमा यस साता ३७ अर्ब बराबरको शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल २२९  कम्पनीको तीन लाख ५२ हजार दुई सय ४३ पटकको कारोवारमा १७ करोड ३१ लाख ९६ हजार नौ सय ८२ कित्ता शेयर खरीद बिक्री भए ।

यो साता नेप्से २८८३.३८ बिन्दुमा  पुग्यो भने सेन्सिटिभ इन्डेक्स पनि ५४१.३१ अंकमा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कुल कारोवार रकम ३७ अर्ब ३८ करोड ५९ लाख ५५ हजार सात सय ५४ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको दुई लाख ५७ हजार तीन सय ८२ पटकको कारोवारमा पाँच करोड ५८ लाख ४८ हजार पाँच सय १३ कित्ता शेयर खरिद बिक्री हुदाँ कुल कारोवार रकम २३ अर्ब २६ करोड ११ लाख ५१ हजार तीन सय ६१ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो दिन घटेपनि बाँकी दिनहरुमा नेप्से बढेको थियो ।

जसमध्ये पहिलो दिन नेप्से ७४.७१ अंकले बढेर २८९९.८२ अंकमा पुग्दा सेन्सिटिभ पनि १३.७७ अंकले बढेर ५४३.४३ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से ४५.६ अंकले घटेर २८५४.७६ अंकमा झर्दा सेन्सिटिभ पनि ८.६२ अंकले घटेर ५३४.८१ अंकमा झरेको थियो । तेस्रो दिन भने नेप्से १६.३४ अंकले बढेर २८७१.३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि ४.७४ अंकले बढेर ५३९.५१ अंकमा पुगेको थियो ।

चौथो दिन पनि नेप्से १.१० अंकले बढेर २८७२.५ अंकमा पुगेकोमा सेन्सिटिभ भने ०.१४ अंकले घटेर ५३९.३८ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेकोमा सेन्सिटिभ पनि १.९३ अंकले बढेर ५४१.३१ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेपाल बंगलादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् । शेयर कारोवार भएको संख्याको आधारमा पनि यो साता यिनै कम्पनीहरुको बर्चश्व रहेको छ ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स आदि परेकाछन । शेयर सुचीकरणतर्फ भने यो साता डिप्रोक्स लघुबित्त बित्तीय संस्था, नेपाल लाईफ इन्योरेन्स कम्पनी, महालक्ष्मी बिकास बैंकको ऋणपत्र सहितका चार वटा कम्पनीहरुको बोनस सेयर सुचीकृत भएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.