काठमाडौं । नेपाली काँग्रेसले मन्त्री छनोट र महाधिवेशनबारे छलफल गर्न पदाधिकारी तथा पूर्व पदाधिकारीहरूकाे बैठक बाेलाएकाे छ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरू र पार्टीको १४ औं महाधिवेशनबारे छलफल हुनेछ ।
पार्टीभित्र सन्तुलन मिलाएर बाँकी मन्त्री टुंग्याउने काँग्रेस नेताहरुको तयारी रहेकाे छ । यस्तै पार्टीको आसन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे पनि छलफल हुने छ । क्रियाशील सदस्यता छानबिन समितिले असार समान्तसम्म काम सक्ने भने पनि अझै केही काम बाँकी नै छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।