add

प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज गर्न नेता केसीको माग






ActPro Nepal

|

३१ असार, २०७८

|
710

काठमाडौं- नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताएका छन्।

मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै कांग्रेस केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई बुधबार भेटेर उनले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिए ।

'प्रक्रियाविपरीत दिइएका क्रियाशील सदस्यतालाई १५ औँ महाधिवेशनमा सम्बोधन गर्नेगरी अहिले १३ औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर अगाडि बढ्नुपर्छु,' नेता केसीले भने ।

पार्टीका पूर्वसांसद रामअयोध्या यादवको नेतृत्वमा छ बुँदे माग राखेर चार दिनदेखि बाराका नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.