काठमाडौं । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार नतिजा प्रकाशित गरेको हो। परीक्षामा दिएका मध्ये ७ हजार ३ सय २४ जना उत्तीर्ण भएका छन् ।
उनीहरुको अन्तरवार्ता साउन ७ मा हुने लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको जनाएको छ । गत असोज ३० मा विज्ञापन भएर गत फागुन २२ गते लोकसेवाले परीक्षा लिएको थियो ।
प्रधान कार्यालयले मौखिक परीक्षाको कार्यतालिकासमेत प्रकाशित गरेको छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।