जनकपुरधाम । इलाका प्रहरी कार्यालय लाहानको प्रहरी हिरासतबाट चार दिन अघि कैदी फरार भएको घटनामा तीनजना प्रहरी निलम्बनमा परेका छन्।
सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक, प्रहरी हबल्दार र एक प्रहरी जवानसहित लाई जिल्ला प्रहरी कार्यालय सिरहाले निलम्बन गरी अनुसन्धान थालेको छ ।
गत शुक्रबार राति लागुऔषध कारोबारको आरोपमा फक्राउ परेका सिरहाको नवराजपुर नगरपालिका १ बस्ने पशुपति यादव हिरासतबाटै फरार भएका हुन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।