add

ज्योति विकास बैंक र क्यान बीच सहकार्य गर्ने सम्झौता






ActPro Nepal

|

२६ असार, २०७८

|
603

काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ।

दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनको लागि कार्यक्रमहरु सञ्चालनमा ल्याउने भएका हुन् ।

शुक्रबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र क्यानका तर्फबाट उपाध्यक्ष श्री रञ्जित कुमार पोदरले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

साथै, सम्झौता अनुसार बैंकले क्यानमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँ सम्मको बिना धितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नुका साथै क्यान अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्नेछ।

बैंकले हाल देशभरका १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.