add

यी हुन् विश्वका सबैभन्दा शक्तिशाली र कमजोर पासपोर्ट,नेपाल कमजोर १० भित्र






ActPro Nepal

|

२५ असार, २०७८

|
1548

काठमाडौं। विश्वको शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट १०९ औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्स ले सार्वजनिक गरेको सूचीको नेपाल पाचौं स्थान तल झर्दै १०९ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १०४ औं स्थानमा रहेको थियो ।

पहिलो स्थानमा जापानी पासपोर्ट पर्न सफल भएको छ । अर्थात, जापानी पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जापानी पासपोर्ट वाहकले विश्वका १९३ वटा देशमा विना भिसा वा अन अराइभल (गन्तव्यमा पुग्नासाथ भिसा पाउने) पोर्ट अफ इन्ट्रीमै भिसा प्राप्त गरेर यात्रा गर्न पाउनेछन् ।

विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा सिंगापुर परेको छ । सिंगापुरको पासपोर्टले विश्वका १ सय ९२ देशमा अन अराईभल भिसा पाउँदै आएका छन् ।

तेस्रो स्थानमा परेका जर्मनी र दक्षिण कोरियाको पासपोर्ट १९१ स्कोरसहित विश्वका तेश्रो शक्तिशाली पासपोर्ट भएका छन् ।

चौथो नम्बरमा फिनल्याड, इटाली लग्जमबर्ग र स्पेन रहेका छन् । टपटेनमा युरोपका देशहरु अग्रपंक्तिमा देखिएका छन् । डेनमार्क र अष्ट्रिया पाँचौ नम्बरमा रहेको छ ।

त्यस्तै स्वीडेन, फ्रान्स, पोर्चुगल र नेदरल्याण्ड छैठौं नम्बरमा छन् । अमेरिका, स्वीटजरल्याण्ड, बेलायत, , बेल्जियम र न्युजिल्याण्डको पासपोर्ट सातौं नम्बरमा रहेका छन् ।

आठौं नर्वे, ग्रिस, माल्टा, चेक रिपब्लिक रहेका छन् । नवौं नम्बरमा क्यानडा र अष्ट्रेलिया दशौं नम्बरमा हंगेरीका पासपोर्ट छन् ।

सार्वजनिक सूचीमा नेपालको छिमेकी भारत ९० औं स्थानमा रहेको छ । भारतीय राहदानीले विश्वका ५८ देशहरुमा यात्रा गर्न सकिन्छ । छिमेकी चीन ७२ औं स्थानमा रहेको छ । चीनको राहदानीले विश्वका ७८ देशमा यात्रा गर्न सकिन्छ ।

विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा विना भिसा वा भिसा अन एराइभलमा यात्रा गर्न सकिन्छ ।

कमजोर पासपोर्टमा इराक दोश्रो, सिरिया तेश्रो, पाकिस्तान चौथो, यमन पाँचौं, सोमालिया , छैठौं, प्यालेस्टाइन सातौं, नेपाल आठौं, नम्बरमा परेका छन् ।

हेन्ली एण्ड पार्टनरले प्रत्येक वर्ष विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ । ‘अन अराइभल’ (सम्बन्धित देशमै गएर भिसा लिन सकिने सुविधा) भिसा प्राप्तीको आधारमा सूची तयार पारिन्छ ।

जुन देशको पासपोर्टले सबैभन्दा बढि देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली मानिन्छ । नेपाललाई विश्वका जम्मा ३८ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.