add

डीआईजी सहकुल थापा एआईजीमा बढुवा






ActPro Nepal

|

२५ असार, २०७८

|
1216

काठमाडौ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका छन् ।

विहीबार साँज बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको हो। १० दिनअघि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको थियो।

एआईजीमा बढुवा भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । थापाको बढुवा संगै अस्वभाविक बढुवा र प्रतिस्पर्धाविहीन प्रमुख बन्ने दौडमा रहेका विश्वराज पोखरेललाइ भने धक्का लागेको छ । 

हालका आईजिपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । नेकपा एमालेका नेता ईश्वर पोखरेलको दबाबमा विश्वराज पोखरेललाई भावी महानिरीक्षकको एक्ला दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो ।

यी दुई जना एआईजीबीच आगामी प्रहरी नेतृत्वमा दाबी र प्रतिस्पर्धा तिब्र देखिनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.