add

टीकापुर बालक हत्या प्रकरण: दुई किशोरी पक्राउ,जामुन खान लगेर कुलोबाट हुत्याइयो






ActPro Nepal

|

२५ असार, २०७८

|
788

कैलाली । टिकापुर नगरपालिका-१ ब्लक नम्बर ८ मुनुवा रोड बस्ने दिलिप बिष्टको छोरा साढे तीन वर्षीय गोलु भन्ने विकेक बिष्टको हत्या गरेको अभियोगमा २ जना किशोरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उनकी दिदी नाता पर्ने सोही ठाउँ बस्ने १५ वर्षीया किशोरी र टीकापुर नगरपालिका–१ डेरा गरी बस्ने लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षीया किशोरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दिदी नाता पर्नेसँग जामुन खान गएको अवस्थामा सोमवार बिहानदेखि बेपत्ता भएका विकेकको खोजी गर्ने क्रममा टीकापुर नगरपालिका–४ घोयली उपभोक्ता वनस्थित जमरा कुलोमा बुधवार साँझ शव फेला परेको थियो । 

घटनाको थप अनुसन्धानका लागि तत्काल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट २ वटा स्नीफङ डगसहित खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घरबाट करीब ५०० मिटर टाढा कुलोमा लगि बालकले लगाएको चाँदीको बाला निकाली बालकलाई धक्का दिई कुलोमा खसाली हत्या गरेको अनुसन्धानबाट खुल्न  आएकोमा उनीहरू उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.