काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा पहिलाे दिनमा नै लगानीकर्ताहरूकाे ओइराे लागेकाे छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको आइपीओमा ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परको छ ।
आइपीओमा ४ लाख ६१ हजार ३५६ जनाले ८२ लाख ४७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा १.४२ गुणा बढी आवेदन हो ।
निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ ।
यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । हाल १ अर्ब ५० करोड ५० लाख चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ७३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।