add

मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति






ActPro Nepal

|

२४ असार, २०७८

|
1121

काठमाडौं। मैलुङखोला जलविद्युत् कम्पनीलाई नेपाल धितोपत्र बोर्डले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ ।

कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीले बोर्डमा आवेदन दिएको ४ वर्षपछि आइपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले २०७४ माघ १८ गते सेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ ।

कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.