add

सेयर बजार दोहोरो अंकले बढ्यो,परिसुचक २८२५ अंक पुग्दा ४ अर्ब ८१ करोडको कारोबार






ActPro Nepal

|

२४ असार, २०७८

|
1020

काठमाडौं। साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । विहिबार नेप्से २३.९७ अंकले बढेर २८२५.११ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२३ कम्पनीको ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ११ वटामा बढेको छ भने अन्य ८२ वटा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक २.१२ प्रतिशत र हाइड्रोपावर समूह १.९२ प्रतिशतले बढेको छ । निर्जीवन बीमा ४, उत्पादन २३, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूह ४२ अंकले बढेका छन्।

अन्य १२ र ब्यापार समूह २० अंकले घटेका छन्। यस दिन गुहेश्वरी मर्चेन्ट बैंकको मूल्य ९ प्रतिशतले बढेको छ।

दोहोरो अंकले बढेकोे बजारमा आज गुह्येश्वरी मर्चेन्ट फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशतले बढेको छ । यस्तै, जोशी, घलेम्दी, युनियन हाइड्रोपावर, मल्टिप्रपोज फाइनान्स र सिभिल लघुवित्तको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस्तै, समृद्धि फाइनान्स, पाँचथर पावर, खानीखोला, गुडविल फाइनान्स, सेन्टर फाइनान्स, महालक्ष्मी विकास बैंक, मञ्जुश्री र पोखरा फाइनान्सको शेयर मूल्य पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी १७ करोड र एनआइसी एशिया बैंक साढे १६ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.