add

सुजिता मृत्यु प्रकरण : चितवनका एसपी भन्छन्- ‘अभियन्ता र युट्युबरका कारण अनुसन्धान गर्न कठिनाई भयो’






ActPro Nepal

|

२४ असार, २०७८

|
725

काठमाडौं । चितवनको राप्ती नगरपालिका-३ कि २३ वर्षीया युवती सुजिता भण्डारीको मृत्यु घटनाको अनुसन्धानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिहीबार पत्रकार सम्मलेन गर्दै चिवतन प्रहरी प्रमुख, एसपी ओम अधिकारीले भिड, अभियन्ता र युट्युबरका गतिविधिका कारण अनुसन्धानमा समस्या भएको दाबी गरेका छन्।

अनुसन्धान गर्नुपर्ने बेलामा भिड नियन्त्रण गर्नुपरेको, कर्फ्यू लगाउनु परेको, भिडकै कारण मृतकको आफन्तलाई समेत भेट्न मुस्किल परेको र युट्युबरको गतिविधिका कारण अनुसन्धानमा समस्या भएको उनको भनाइ छ। 

असार ११ गते गतेदेखि बेपत्ता भण्डारी १० दिनपछि मृत भेटिएकी थिइन्। राप्ती नगरपालिकाकै ब्रम्हस्थानी सामुदायिक जंगलमा च्याउन टिप्न गएका स्थानीयले आइतबार मृत व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले अहिलेसम्म अनुसन्धानमा उल्लेख्य प्रगति गर्न सकेको छैन। 

पोष्टमार्टम रिपोर्टमा समेत उनको मृत्युको कारण खुल्न सकेको छैन। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा भिसेरा परीक्षण गर्ने तयारी भएको छ। भिसेराबाट विष पिए, नपिएको थाहा हुन्छ। उनको शव नजिकै ड्युको बोतलमा विषादी जस्तो पदार्थ भेटिएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.